परिचय

introduction

परिचय

यस संस्थाको स्थापना २०५४ साल कात्तिक १० गते भएको हो l तत्कालिन महिला तथा बालबालिका कार्यालयबाट प्रबर्दन भै डिभिजन सहकारी कार्यालय भैरहवामा दर्ता न, १३५(२३४)/२०५४/०५५ कायम भै दर्ता भएको यस संस्थाले आफ्नो कार्यक्रम र कार्ययोजना बिस्तार गरि तिलोत्तमा नगरपालिका ७,८,९,१०,११,र १२ देवदह नगरपालिका ३,८ र ९ मा आफ्नो कार्यक्षेत्र बिस्तार गरिसकेको छ l हाल संस्थाले २३ ओटा इकाई उपसमिति संचालन गरि कारोबार गरेको छ l यो संथाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ l यस संस्थामा ७ जना कर्मचारी कार्यरत छन l संस्थाले मापदण्ड पुरा गरि स्थायी कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्द गरेको छ l संस्थाका शेयर सदस्यज्यूहरुलाई सहकारी ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट दिनुपर्ने सुविधाहरु निरन्तर प्रदान गर्दै आइरहेको छ l
विकासकै चरण अन्तर्गत महिलाहरुबाट मात्र संचालित यस सहकारी संस्थाले आ. व. २०८१/०८२ मङ्सिर मसान्तसम्म २७९५ जना शेयर सदस्य र २०५४ जना बाल सदस्यको बिचमा संस्थाको कारोबार ३४,७६,२४,३४५/३६ (अक्षरुपी चौतिस करोड छयत्तर लाख चौबिस हजार तीन सय पैंतालिस रुपैया छत्तिस पैसा रुपैया मात्र ) हाराहारीमा पुगेको छ l बिभिन्न दातृ निकाय तथा स्थानीय सरकार लगायतको सम्पर्क समन्वय तथा सहयोगमा बिभिन्न बहुउद्देश्यीय काम गर्दै आइरहेको छ l

भिजन (VISION): “सदस्यको दिगो बिकासमा समर्पित समृद्ध सहकारी”।

मिसन (MISSION):

१. सदस्यलाई प्रविधिमा आधारित उत्कृष्ट वित्तीय तथा अन्य सेवाहरु उपलब्ध गराउने ।

२. सदस्यलाई कृषि, बन तथा उद्यमशिलता जस्ता क्षेत्रहरुमा उत्पादन, प्रशोधन तथा बजारिकरण कार्य गर्न सीपको बिकास, ब्यबसाय प्रबर्धन गर्न सहजिकरण गर्ने ।

३. तालिम शिक्षा तथा सूचनाको माध्यामबाट सदस्यतथा समूदायका विभिन्न उमेर समूहका सदस्य तथा नागरिकहरुको सशक्तिकण गर्ने ।

४. बिभिन्न नेपाल सरकारका बिभिन्न मन्त्रालय, विभाग, तिनै तहका सरकार, संघ, संस्था तथा बिकास साझेदार संस्थाहरु सग समन्वय गरी सदस्य तथा समूदायका हितका परियोजनाहरु सञ्चालन गर्ने ।

उद्देश्यहरु

१. कार्यक्षेत्रमा बसोबास गर्ने योग्यता पुगेका न्यूनतम १५ प्रतिशत महिलालाई संस्थामा आवद्ध गरी सेवा प्रदान गर्ने ।

२. सदस्यको माग आवश्यकता तथा क्षमतालाई मध्यनजर गर्दै वित्तीय सेवाहरुलाई विविधिकरण, परीमार्जन तथा नविन सेवाको विस्तार गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने ।

३. वार्षिक रुपमा न्युनतनम ५% सदस्यहरुलाई विभिन्न प्रकारका तालिम, छलफल, अन्तरकृया, अवलोकन भ्रमण आदिमा सहभागी गराउने ।

४. बार्षिक रुपमा न्यूनतम ५ विकास साझेदार, सहकारी तथा गैर सरकारी संस्था,