अध्यक्षको संदेश
यस प्रगतिशील महिला बिकास बहुउदेशीय सहकारी संस्था लि. यतिबेला २७ औ स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ l संस्थाको बिकास क्रम शृंखलाको बारेमा भन्नुपर्दा २७ बर्षे यात्राका उतारचढाव बारे सम्पूर्ण बेलिबिस्तार लगाउन यो वेबसाइटको स्तम्भमा सम्भव होला नहोला छोटकरीमा भन्नु पर्दा २०५४ साल तिर ग्रामिण क्षेत्रमा यत्रतत्र छरिएर रहेको पुँजी, स्रोत, साधन र सीपलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरि महिलाहरुको आय आर्जनमा बृदि गराई बचत गर्ने बानीको बिकास गर्ने र सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सेवा र सुविधालाई समन्वय गरि केन्द्र देखि गाउँ सम्म पुर्याउने उद्देश्यका साथ समुदायमा जगडिएर रहेको रुढिबादी, कु संस्कार र महिलाहरुमाथि लगाइएका धार्मिक तथा सामाजिक प्रतिबन्धहरुलाई निरुत्साहित गर्दै उत्साहजनक सामाजिक सकारात्मक परिवर्तन गर्नका लागि महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउन निरन्तर लाग्नु पर्ने तत्कालिन सामाजिक अवस्था रहेको अनुभूति गरेर सहकारी ऐन २०४८ बमोजिम महिला तथा बालबालिका कार्यालयको सहयोगमा डिभिजन सहकारी कार्यालय भैरहवामा विधिवत तरिकाले २०५४/०७/१० गते स्थापित सहकारी संस्था हो l
समाजमा रहेका सामाजिक आर्थिक तथा धार्मिक समस्याहरुलाई समाधान गर्दै बिभिन्न चुनौतिहरुको सामना गर्दै सहकारिताको माध्यम महिलाहरुबाट सदस्यहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउदै भाबिपिढीहरु समेतलाई आत्मनिर्भर,सबल र सक्षम स्वावलम्बी बनाउदै हरेक सदस्यको दिगो बिकास समर्पित,समृद्ध नेपाल भन्ने रास्ट्रिय मूल नारा सफल पार्ने उदेश्य बोकेको महिलाको मात्र सहभागीता रहेको सहकारी हो lयसै संस्थाको माध्यमबाट महिलाहरु सबल सक्षम हुँदै आत्मनिर्भर हुनुपर्छ भन्ने उत्साह आफै थपिदै गएको छ l अत्यन्तै ग्रामिण स्तरमा पछाडी पारिएका महिलाहरुलाई गरि खाने बाटो सिकाउदै उधमी तथा व्यवसायी बन्न आर्थिक तथा प्राबिधिक सहयोग गर्दै उत्साह थप्ने काम गरेको छ l आगामी दिनहरुमा संस्था तथा सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा जोड्दै सदस्यहरुको दिगो बिकासमा समर्पित समृद्द सहकारी निर्माण गर्न मूल परिकल्पनाका साथ अगाडी बढिरहेका छौ l
Powered by Froala Editor